1 Corinthians 4:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्‍टको लागि हामीहरू मूर्ख भएका छौं, तर तिमीहरूचाहिँ ख्रीष्‍टमा रहेर ज्ञानी छौ। हामी बल नभएका छौं, तिमीहरू बलिया छौ। हाम्रो घृणा हुन्‍छ, तिमीहरूको मान-मनितो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी ख्रीष्‍टको खातिर मूर्ख छौं, तर तिमीहरू त ख्रीष्‍टमा बुद्धिमान्‌ छौ। हामी दुर्बल छौं, तर तिमीहरू बलिया छौ। तिमीहरूको आदर छ, तर हाम्रोचाहिँ अनादर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी ख्रीष्‍टका निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्‍टमा बुद्धिमान् छौ। हामी दुर्बल छौँ, तर तिमीहरू बलवान् छौ! तिमीहरूले सम्मान पाएका छौ, तर हामीले अपमान।
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्टका निम्ति हामी मूर्ख हौं। तर तिमीहरू चाँहि संझन्छौ तिमीहरू ख्रीष्टका निम्ति खुबै बुद्धिमानी छौ। हामी कमजोर छौं, तर तिमीहरू संझन्छौ तिमीहरू बलिया छौ। मानिसहरू तिमीहरूलाई आदर गर्छन्, तर हामीलाई अनादर गर्छन।
Nepali Tamang 2011
ङन्‍से ख्रीष्‍टदा तेन्‍बासे लमा ङनी मूर्ख म्‍हि ह्रङ्‌बान हिन्‍ना, तर एनीगदेदा चा ख्रीष्‍टसे बुद्धि मुबा म्‍हि स्‍होबा मुला। ङनी कमजोर म्‍हि हिन्‍ना, एनीगदे चा भङ्‍बा म्‍हि हिन्‍ना। ओच्‍छे ङन्‍दा हेला लमुला, तर एनीगदेदा चा म्‍हिगदेसे मान लमुला।