1 Corinthians 4:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारणले म तिमीहरूकहाँ ख्रीष्टमा मेरो प्यारो विश्वासी छोरा तिमोथीलाई पठाउँदै छु। मैले सबै ठाउँमा र हरेक ख्रीष्टिय मण्डलीमा सिकाएअनुसार ख्रीष्ट येशूबाट पाएको नयाँ जीवनमा मेरो जीवनको रहनसहन कस्तो छ, उनले तिमीहरूलाई बताउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले तिमीहरूकहाँ तिमोथीलाई पठाउँदैछु। तिनी प्रभुमा मेरा प्यारा र विश्वासी छोरा हुन्। मैले सबै ठाउँमा सारा मण्डलीमा सिकाएबमोजिम ख्रीष्टमा मेरो जीवन कस्तो छ, सो तिनले तिमीहरूलाई सम्झना गराउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैकारण मैले मेरो छोरा तिमोथी, जसलाई म प्रेम गर्छु, जो प्रभुमा विश्वासयोग्य छन्, तिनलाई तिमीहरूकहाँ पठाएको छु। तिनैले तिमीहरूलाई ख्रीष्ट येशूमा मेरो जीवन जिउने तरिका सम्झना गराउनेछन्, जुनचाहिँ सबै ठाउँहरूका सबै मण्डलीहरूमा मैले सिकाएबमोजिम छ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण म तिमोथीलाई तिमी भएकोमा पठाउँदैछु। परमप्रभुमा उनी मेरा पुत्र हुन्। म तिमोथीलाई माया गर्छु, उनी विश्वासनीय छन्। म ख्रीष्ट येशूमा कुन प्रकारले रहेकोछु त्यो उनले तिमीहरूलाई संझाउनेछन्। यही जीवन मार्ग म सबै ठाउँहरूका मण्डलीहरूलाई सिकाँउछु।
Nepali Tamang 2011
थेतबासेलमा ङाइ माया लबा तिमोथीदा एनीगदे मुबा ग्लारी पुइखबान मुला। थे ख्रीष्टदेन छ्याम गिक तबादेन विश्वास लखम्बा ङाला झा ह्रङ्बान हिन्ना। ङाइ जम्मान ग्लाला मण्डलीगदेरी लोप्बा अन्छार येशू ख्रीष्टरी ङा खाह्रङ् लसी भ्रबा मुला भिबा ताम थेसेन एनीगदेदा ढन्ना लला।