1 Corinthians 4:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई तिमीहरूले वा अरू अदालतले दोषी ठहराए पनि त्यसको चिन्ता छैन न ता म आफ्नै न्याय-निसाफ गर्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरूबाट वा मानिसको कुनै अदालतबाट मेरो इन्साफ हुनु, यो त मेरो निम्ति अति सानो कुरो हो, म आफै पनि आफ्नो इन्साफ गर्दिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूद्वारा अथवा अरू मानवीय अदालतद्वारा मेरो न्याय हुन्छ भने यो मेरो लागि सानो कुरा हो। वास्तवमा म स्वयम् आफ्नो न्याय गर्दिनँ।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीहरूबाटै म जाँचिन्छु भने पनि मलाई केही छैन र कुनै मानव-अदालतद्वारा जाँचिन्छ भने पनि मलाई केही छैन। म आफै पनि आफूलाई जाँच्दिन।
Nepali Tamang 2011
तर एनीगदेदेन म्हिगदेला निसाफ लबा अदालतसे ङाला निसाफ लसैनोन थे ताम ङाला लागिरी तिगै आहिन। ओच्छे ङाइएनोन ह्राङसे ह्राङदान निसाफ आल।