1 Corinthians 4:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण तिमीहरूले ठीक समयभन्दा अघि नै कसैलाई दोष नलाऊ। आखिरी न्याय प्रभु आउनुभएपछि नै हुनेछ। प्रभुले नै अन्धकारमा लुकेका सबै कुरा उज्यालोमा ल्याउनुहुनेछ र मान्छेका मनका कुराहरू देखाइदिनुहुनेछ। त्यस बेला सबै मानिसले पाउनुपर्ने स्याबासी परमेश्वरबाट पाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण तोकिएको समयभन्दा अघि न्याय नगर, प्रभु आउञ्जेल पर्ख। उहाँले अँध्यारोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ, र मानिसका हृदयका अभिप्रायहरू प्रकट गरिदिनुहुनेछ। तब हरेक मानिसले परमेश्वरबाट आफ्नो प्रशंसा पाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तोकिएको समयभन्दा पहिले न्याय नगर, प्रभु नआउन्जेल पर्ख। उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ र मानिसका हृदयका उद्देश्यहरू प्रकट गर्नुहुनेछ। त्यस समय हरेकले प्रभुबाट प्रशंसा पाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ ठीक समय अघि मलाई नजाँच, प्रभु नआएसम्म मलाई पर्ख। उहाँले अन्धकारमा लुकेका कुराहरूमा प्रकाश छर्नु हुनेछ। मानिसहरूका मनमा लुकेका कुराहरू उदांगो पारिदिनु हुनेछ। तब प्रत्येक मानिसले परमेश्वरबाट उसले पाउनु पर्ने प्रशंसा पाउनेछ।
Nepali Tamang 2011
थेतबासेलमा प्रभुसे तोगब लबा धुइ भन्दा ङाच्छान एनीगदेसे खालैदान निसाफ थालउ। बरु प्रभु फेप्खबा धुइ भ्रान्सी चिउ। धोपधोपरी लबा जम्मान ताम प्रभुसेन य्हालरी भसी म्हिला सेमला जम्मान ताम उन्ना। थे धुइरी चा जम्मान म्हिसे परमेश्वरग्याम ह्राङ ह्राङला गे अन्छार याङ्तोःबा इनाम याङ्ला।