1 Corinthians 4:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भाइहरू हो, तिमीहरूका लागि नै मैले अपोल्लोस र आफ्नै नमुना दिएर बुझाएको हुँ। ठीकठीक नियम पालन गर्नुपर्छ भनेको तिमीहरूले बुझ। एक जनाको पक्ष लिएर अर्कोलाई हेला गर्ने काम ठीक होइन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, मैले आफ्नो र अपोल्लोसको उदाहरण दिएर, तिमीहरूका भलाइको निम्ति यी सब कुरा लेखेको छु, ताकि हामीबाट पवित्र धर्मशास्त्रअनुसार तिमीहरू जिउन सिक, र तिमीहरूमध्ये कोही पनि एक अर्काको विरुद्धमा घमण्डले नफुल।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दाजुभाइ-दिदीबहिनीहरू हो, मैले तिमीहरूका भलाइको लागि यी कुराहरू आफू र अपोल्लोसलाई उदाहरणको रूपमा प्रयोग गरेको छु, ताकि हामीबाट तिमीहरूले भनाइको अर्थ सिक्न सक, “लेखिएको कुराभन्दा टाढा नजाओ।” तब तिमीहरू एउटाको विरुद्धमा अर्कोको अनुयायी भनी घमण्डले फुल्ने छैनौ।
Nepali ERV (पवित्र बाइबल)
दाज्यू-भाइ, दिदी-बहिनीहरू! मैले अपोल्लोस र आफैलाई पनि तिमीहरूका अधि उदाहरणको रूपमा देखाँए। मैले यसो गरें किनभने यसबाट तिमीहरूले यसको अर्थ के हो बुझ्न सक्नेछौ। “लेखिएकोबाट बाहिर नजाऊ।” तब तिमीहरूले एकलाई सुविस्ता र अर्कोको तिस्कार गर्ने छैनौ।
Nepali Tamang 2011
दाहेन्से ज्योज्यो आले नाना आङागदे, चु तामग्यामसेन एनीगदेसे ज्यना लसी घोखम्गै भिसी ङाइ ङादेन अपोल्लोसला बारेरी पाङ्बा मुला। परमेश्वरला बचनरी भ्रिबा भन्दा तिगै अर्गु ताम थालउ। ओच्छे एनीगदेसे कोइदा मान लबा, कोइदा मान आलबा थालउ।