1 Corinthians 4:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसले तिमीलाई अरूभन्दा ठूलो बनायो? के तिमीसँग भएका कुरा परमेश्वरले नै दिनुभएको होइन र? त्यसो भए किन तिमी कसैले दिएकै होइनजस्तै गरी घमण्ड गर्छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने अरूहरूभन्दा तिमीहरू कुन कुरामा फरक छौ? तिमीहरूसित के छ, जो तिमीहरूले पाएका होइनौ? अनि तिमीहरूले त्यो पाएका छौ भने त्योचाहिँ वरदान होइनजस्तै गरी किन तिमीहरू घमण्डले फुल्दछौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कसले तिमीलाई अरूभन्दा श्रेष्ठ तुल्यायो? तिमीसँग परमेश्वरले नदिनुभएको के छ र? र यदि तिमीलाई सबै थोक परमेश्वरले दिनुभएको हो भने केही पनि नपाएको जस्तो गरी किन घमण्ड गर्दछौ?
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू अरू भन्दा असल छौ भनेर कसले भन्छ? तिमीहरूसित के छ जो तिमीहरूलाई दिइएको होइन? यसैले जब तिमीहरूसित भएको हरेक थोक तिमीहरूलाई दिइएको हो भने ती आफ्नो शक्तिले अर्जेको जस्तो त्यसकोलागि किन घमण्ड गर्दछौ?
Nepali Tamang 2011
खाल्से एनीगदेदा स्य्हान्दो म्हिगदे भन्दा घ्रेन स्होजी? तिग एनीगदेदेन छ्याम मुबा जम्मान स्हे परमेश्वरसेन पिन्बा आहिन? परमेश्वरसे पिन्बा स्हेगदेन एनीगदेदेन छ्याम मुला भिसम दोःसी तिग्दा एनीगदे ह्राङसेन स्होबा ह्रङ् लसी घमण्ड लबा?