1 Corinthians 4:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चाहिए जति सबै तिमीहरूले पाएका छौ रे? तिमीहरू धनी भएका छौ रे? हामी नभए पनि के तिमीहरू राजा भयौ? साँच्चै तिमीहरू राजा नै भएको राम्रो हुन्थ्यो अनि तिमीहरू राजा हुँदा हामी पनि राजा हुन सक्नेथियौं
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू तृप्त भइसकेका छौ। तिमीहरू धनी भइसकेका छौ। हामीविना नै तिमीहरू राजा भएका छौ। तिमीहरूले साँच्चै राज्य गरेका भए हुन्थ्यो, ताकि हामी पनि तिमीहरूसँगै राज्य गर्न सकौं!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले चाहेका कुराहरू अगि नै पाइसकेका छौ! तिमीहरू धनी भइसकेका छौ! हामीविना नै तिमीहरू राजा भएका छौ। म तिमीहरू साँच्चै राजा भएर काम गरेको चाहन्छु, ताकि हामी पनि तिमीहरूसँगै राज्य गर्न सकौँ!
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू संझन्छौ तिमीहरूलाई जे चाहिन्छ तिमीहरू सम्पन्न छौ अनि हामी बिनै तिमीहरू राजा भएका छौ। म आशा गर्छु तिमीहरू साँच्चै राजाहरू हुन्थ्यौ।
Nepali Tamang 2011
ह्राङदा तोःबा जम्मान स्हे याङ्सी एनीगदे फ्युक्पो तसी जिन्बा मुला भिसी एनीगदेसे म्हन्बा मुला। ओच्छे ङनी आरेसै ग्ले दोबारी खम्बा मुला भिसी एनीगदेसे म्हन्बा मुला। एनीगदेसे म्हन्बा अन्छार एनीगदे ग्लेनोन दोबा हिन्सम ज्यबा तसेला मुबा। तिग्दा भिसम ङन्सेनोन एनीगदेदेन छ्यामनोन शासन लबारी खम्सेला मुबा।