1 Corinthians 4:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने मलाई यस्‍तो लाग्‍छ, हामी प्रेरितहरूलाई चाहिँ परमेश्‍वरले सबैभन्दा तल्‍लो ठाउँमा राख्‍नुभएको छ। परमेश्‍वरले नै हामीलाई संसार, स्‍वर्गदूत र मानिसका अघि ज्‍यान सजाय पाउने मानिसहरूलाई झैँ तमाशा बनाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने मलाई यस्तो लाग्दछ परमेश्‍वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाएकाहरूलाई जस्तै सबैभन्दा पछि प्रदर्शनमा राख्‍नुभएकोछ। किनकि संसार, स्‍वर्गदूतहरू र मानिसहरूका निम्‍ति हामी तमाशा भएका छौं।‍
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मलाई यस्तो लाग्छ, परमेश्‍वरले हामी प्रेरितहरूलाई मैदानमा दोष लगाएर मारिनलाई लगिएका मानिसहरूका ताँतीमा जस्तै पछिल्तिर प्रदर्शनको लागि राख्नुभएको छ। हामी सारा संसारका, स्वर्गदूतहरूका र मानव जातिहरूका अगाडि तमाशा बनाइएका छौँ।
Nepali ERV (पवित्र बाइबल)
तर मलाई यस्तो लाग्छ परमेश्वरले मलाई र अरू प्रेरितहरूलाई सबै भन्दा पछि पार्नु भएको छ। मरूभूमिमा मृत्यु दण्ड दिनुलाई निश्चित गरिएको मानिस झैं हामी छौं। सारा संसार स्वर्गदूतहरू र मानिसहरूकालागी हामीले तमाशा जस्तो बनाइएका छौं।
Nepali Tamang 2011
तर ङनी मुल चेलागदेदा सिबाला सजाय याङ्बा म्‍हिगदेदा ह्रङ् लसी परमेश्‍वरसेन जम्‍मान भन्‍दा लिच्‍छापट्टि थान्‍बा मुला भिसी म्‍हन्‍बा मुला। थेह्रङ् लसीन ङनी चा जम्‍बुलिङरी स्‍वर्गदूतगदेदेन म्‍हिगदेला ओन्‍छाङरी जम्‍मासेन म्राङ्‍गै भिसी उन्‍बारी थान्‍बा स्‍हे ह्रङ्‌बान म्‍हन्‍बा मुला।