1 Corinthians 5:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू संसारका व्‍यभिचार गर्ने, लोभ गर्ने, चोर्ने र मूर्ति पुज्‍नेहरूको बारेमा भनेको होइन। उनीहरूबाट अलग रहनु हो भने त तिमीहरू संसारबाटै बाहिर निक्‍लनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको अर्थ, यस संसारका व्‍यभिचारीहरू, लोभीहरू, वा लुटाहाहरू, वा मूर्तिपूजकहरूसँग बिलकुलै सङ्गत नगर्नू भनेको होइन, नत्रता तिमीहरू संसारबाट नै निस्‍किजानुपर्थ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यसको अर्थ यस संसारका अनैतिक व्यक्तिहरू, लोभीहरू र ठगहरू अथवा मूर्तिपूजकहरूसँग सङ्गत नगर्नू भनेको चाहिँ होइन। त्यसो भए त तिमीहरूले यो संसारै छोडेर जानुपर्ने हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर यस संसारका पापीहरूको संगत नगर्नु भन्ने मेरो उपदेशको अर्थ होइन। यस संसारका ती मानिसहरू यौन पाप गर्छन् अथवा स्वार्थी छन् अथवा एकार्कालाई ठग्छन् अथवा मूर्तिहरू पूजा गर्छन्। यदि तिमीहरू तिनीहरूबाट अलग रहने हो भने त तिमीहरूले यो संसार नै त्याग्नु पर्नेछ।
Nepali Tamang 2011
तर चु जम्‍बुलिङरी मुबा ख्रीष्‍टदा विश्‍वास आलना ब्रेल्‍सी भ्रबागदे, लोभ लबागदे, य्‍हो लबागदेदेन मूर्तिदा तेन्‍बा म्‍हिगदेदेन छ्‌याम संगतनोन थालउ भिबारी म्‍हाइबा आहिन। थेह्रङ् भिसम एनीगदेसे चु जम्‍बुलिङनोन ख्‍लातोःला।