1 Corinthians 5:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब कसरी घमण्‍ड गर्छौ? उल्‍टा शोक गर र त्‍यो काम गर्ने मान्‍छेलाई तिमीहरूले माझबाट निकालिदेओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूचाहिँ घमण्‍ड गर्छौ। तिमीहरूले त शोक गर्नुपर्नेथिएन र? यस्‍तो काम गर्नेलाई तिमीहरूका बीचबाट हटाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमीहरू घमण्ड गर्छौ! तिमीहरूले त यस्तो कुरामा दुःखित हुनुपर्ने र यस्तो गर्ने मानिसलाई तिमीहरूको सङ्गतिबाट निकालिदिनुपर्ने होइन र?
Nepali ERV (पवित्र बाइबल)
अनि अझै पनि तिमीहरू आफ्नो गर्व नै गर्दछौ! तिमीहरूलाई त दुःख पो लाग्नु पर्ने हो। जुन मानिसले यस्तो पाप गर्छ त्यसलाई त तिमीहरूको बीचबाट अलग गर्नु पर्ने थियो।
Nepali Tamang 2011
तर एनीगदेसे मी घमण्‍ड लबा मुला। बरु एनीगदेसे मी दुख म्‍हन्‍तोःमुबा, ओच्‍छे थेह्रङ्बा गे लबा म्‍हिदा एनीगदेला गुङग्‍याम तेःतोःमुबा।