1 Corinthians 6:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू कति जना एक समय यस्तै थियौ। तर तिमीहरू पापबाट चोखियौ। परमेश्वरले तिमीहरूलाई पवित्र पार्नुभयो। प्रभु येशू ख्रीष्ट र हाम्रा परमेश्वरका आत्माद्वारा तिमीहरू परमेश्वरको अघि अब ठीक भएका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू कोही यस्तै थियौ, तर तिमीहरू धोइयौ, पवित्र पारियौ, प्रभु येशू ख्रीष्टको नाउँमा हाम्रा परमेश्वरका आत्माद्वारा निर्दोष ठहराइयौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूमध्ये कति जना यस्तै थियौ। तर तिमीहरू हाम्रा परमेश्वरको आत्माद्वारा र प्रभु येशू ख्रीष्टको नाममा धोइएका छौ; तिमीहरू पवित्र पारिएका छौ र निर्दोष ठहराइएका छौ।
Nepali ERV (पवित्र बाइबल)
अघि तिमीहरू पनि कतिपय यस्तै थियौ। तर अब तिमीहरू धोइएका छौ, पवित्र बनाइएका छौ अनि हाम्रा प्रभु ख्रीष्टको नाउँमा अनि हाम्रा परमेश्वरको आत्माद्वारा तिमीहरू परमेश्वरको निम्ति धार्मिक बनाइएका छौ।
Nepali Tamang 2011
एनीगदे न्हङरी कोइ कोइ ङाच्छा थेह्रङ्बान मुबा। तर दान्दे एनीगदेला पाप ख्रुसी परमेश्वरसे चोखो म्हि स्होबा मुला। ओच्छे प्रभु येशू ख्रीष्टदेन य्हाङला परमेश्वरला आत्माग्याम एनीगदेदा ह्राङदा सेम निबा म्हि स्होबा मुला।