1 Corinthians 6:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“खानेकुरो पेटको लागि हो, पेट खानेकुराको लागि हो,” कसैले भन्‍ला। ठीकै हो, तर परमेश्‍वरले यी दुवैलाई खारिज गर्नुहुनेछ। मानिसको शरीर व्‍यभिचारको लागि होइन, प्रभुको लागि हो अनि शरीरको लागि चाहिने कुरा प्रभुले नै बन्‍दोबस्‍त गर्नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“भोजन पेटको निम्‍ति, र पेट भोजनको निम्‍ति हो।” तर परमेश्‍वरले दुवैलाई नाश गर्नुहुनेछ। शरीर व्‍यभिचारको निम्‍ति होइन, तर प्रभुको निम्‍ति हो, र प्रभु शरीरको निम्‍ति हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमी भन्दछौ, “पेटको निम्ति भोजन र भोजनको निम्ति पेट, तर परमेश्‍वरले यी दुवैलाई नष्‍ट गर्नुहुनेछ।” हाम्रो शरीर यौन अनैतिकताको निम्ति होइन, तर प्रभुको सेवाको निम्ति हो; अनि प्रभुले हाम्रो शरीरको वास्ता गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
“भोजन पेटको निम्ति हो र पेट भोजनको निम्ति हो।” यो ठिक हो। तर परमेश्वरले ती दुवैलाई नाश पार्नु हुनेछ। शरीर यौन अपराधको निम्ति होइन शरीर प्रभुको निम्ति हो र प्रभु शरीरका निम्ति हुनु हुन्छ।
Nepali Tamang 2011
एनीगदे न्‍हङरी खालैसे “चबा स्‍हे फोला लागिरी ओच्‍छे फो चबा स्‍हेला लागिरी हिन्‍ना” भिसी पाङ्‌मुला। थे ताम ठीकनोन हिन्‍ना, तर परमेश्‍वरसे थे न्‍हीदान नाश लला। म्‍हिला ल्‍हुइ ब्रेल्‍सी भ्रबाला लागिरी आहिन, तर परमेश्‍वरदा तेन्‍बाला लागिरी हिन्‍ना, ओच्‍छे य्‍हाङला ल्‍हुइ चा प्रभुलान हिन्‍ना।