1 Corinthians 6:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्टका पवित्र जनहरूले नै संसारको न्याय गर्नेछन् भन्ने के तिमीहरूलाई थाहा छैन? संसारको त न्याय गर्नेछन् भने के यस्ता ससाना झगडाचाहिँ छिन्न सक्दैनन् र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सन्तहरूले संसारको न्याय गर्छन् भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यदि संसारको न्याय तिमीहरूले नै गर्नुपर्छ भने, सानाभन्दा साना मुद्दाहरू छिन्न के तिमीहरू अयोग्य छौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभुका जनहरूले संसारको न्याय गर्नेछन् भन्ने के तिमीहरू जान्दैनौ? यदि तिमीहरूद्वारा संसारको न्याय हुन्छ भने के तिमीहरूमा यस्तो स-साना मुद्दा-ममिलाहरूको न्याय गर्ने क्षमता छैन र?
Nepali ERV (पवित्र बाइबल)
के तिमीहरूलाई थाहा छैन परमेश्वरका मानिसहरू संसारकै न्याय गर्छन्? यदि तिमीहरूले संसारको न्याय गर्दैछौ भने तिमीहरूको आपसको सानो कलह किन मिलाउदैनौ?
Nepali Tamang 2011
परमेश्वरला म्हिगदेसे जम्बुलिङला म्हिगदेला निसाफ लला भिबा ताम एनीगदेदा था आरे? चुह्रङ् लसी एनीगदेसेन जम्बुलिङला म्हिगदेला मी निसाफ लला भिसम तिग जजाबा ताम चा ढिक्ना लबारी आखम?