1 Corinthians 6:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूको झगडाले तिमीहरू असफल भएको कुरा बुझाउँछ। बरु अन्यायमै पर्नु राम्रो हो। बरु अरूले तिमीहरूलाई लुटेको राम्रो हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूमा एकले अर्काको विरुद्धमा मुद्दा लड्नुनै तिमीहरूको हार हो। बरु अन्याय किन नसहनु? बरु किन ठगिएर नै नबस्नु?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका बीचमा मुद्दा-मामिला हुनुको अर्थ तिमीहरूको हार पूर्ण रूपमा पहिले नै भइसकेको छ। बरु तिमीहरूले अन्याय किन सहँदैनौ? बरु आफू ठगिएर नै किन बस्दैनौ?
Nepali ERV (पवित्र बाइबल)
एका अर्कोको विरुद्धमा मामला लाउनु नै तिमीहरूको हार हो। बरू अन्याय किन नसहनु? बरू किन आफै ठगिदैनौ?
Nepali Tamang 2011
एनीगदे ह्राङ ह्राङ न्हङरी गिकसेम गिकला बिरोध लसी मुद्दा लबासे लमा एनीगदे भ्रेःसी जिन्बा मुला। बरु मुद्दा आलना जस्तोन तसै एनीगदेसे नासी चितोःमुबा। ओच्छे ठगब लसै एनीगदेसे नासी चितोःमुबा।