1 Corinthians 7:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरूहरूलाई प्रभुबाट होइन, म आफैं भन्‍दछु, ख्रीष्‍टिय भाइको येशूमा विश्‍वास नगर्ने स्‍वास्‍नी छ र ऊसँगै बस्‍न चाहन्‍छे भने उसलाई नत्‍याग्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमी अरूहरूलाई म भन्‍दछु (यो मेरो भनाइ हो, प्रभुको होइन), यदि कुनै भाइकी ख्रीष्‍टमा विश्‍वास नगर्ने पत्‍नी छ, र तिनी ऊसँग बस्‍न चाहन्‍छिन्‌ भने, उसले त्‍यसलाई नत्‍यागोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अरू बाँकी रहेकाहरूलाई म यो भन्‍न चाहन्छु; प्रभुबाट होइन, तर म आफैँबाट: यदि ख्रीष्‍टमा कुनै विश्‍वासी भाइको विश्‍वास नगर्ने पत्नी छ, र पतिसँग बस्‍न चाहन्छे भने उसले पत्नीसँग सम्बन्ध-विच्छेद नगरोस्।
Nepali ERV (पवित्र बाइबल)
अरू सबैलाई म यो भन्छु। यी कुराहरू म भन्दैछु, प्रभुबाट होइन। ख्रीष्टमा एक भाइको यस्ती पत्नी हुन सक्छे जो ख्रीष्ट विश्वासी होइन। यदि त्यस्ती पत्नी उसित बस्न राजी छे भने उसले त्यसलाई नत्यागोस्।
Nepali Tamang 2011
तर स्‍य्‍हान्‍दो जम्‍मादान ङाइ चुह्रङ् भिसी पाङ्ला, चु ताम प्रभुसे सुङ्बा ताम आहिन। तर ङाइनोन पाङ्बा हिन्‍ना। चुदे प्रभुदा विश्‍वास लबा खालै ज्‍योज्‍यो आलेला म्रिङसे ख्रीष्‍टदा विश्‍वास लबा आरे, तसैनोन थेसे ह्राङला ह्रेम्‍बोदेन छ्‌याम चिबा सेम लजी भिसम थे म्‍हिसे ह्राङला म्रिङदा थाख्‍लागै।