1 Corinthians 7:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने विश्वास नगर्ने लोग्ने विश्वास गर्ने स्वास्नीद्वारा पवित्र ठानिन्छ र विश्वास नगर्ने स्वास्नीचाहिँ विश्वास गर्ने लोग्नेद्वारा पवित्र ठानिन्छे। यदि त्यसो नभए तिनीहरूका छोरा-छोरीहरू अशुद्ध हुनेथिए। तर तिनीहरू त पवित्र भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि अविश्वासी पति आफ्नी पत्नीद्वारा पवित्र हुन्छ, र अविश्वासी पत्नी आफ्नो पतिद्वारा पवित्र हुन्छे, नत्रता तिनीहरूका छोरा-छोरीहरू अशुद्ध हुनेछन्, तर वास्तवमा तिनीहरू त पवित्र छँदैछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि विश्वास नगर्ने पति पत्नीद्वारा पवित्र तुल्याइएको हुन्छ र विश्वास नगर्ने पत्नी उसको विश्वासी पतिद्वारा पवित्र तुल्याइएकी हुन्छे। नत्रता तिनीहरूका सन्तान अशुद्ध हुनेथिए; तर अब तिनीहरू पवित्र छन्।
Nepali ERV (पवित्र बाइबल)
एक अविश्वासी पति विश्वासी पत्नीद्वारा पवित्र बन्दछ। अनि अविश्वासी पत्नी पनि पनि विश्वासी पतिद्वारा पवित्र बन्दछे। योस नहुँदो होत तिमीहरूका छोर-छोरी अशुद्ध हुने थिए। तर अहिले उनीहरू पवित्र छन्।
Nepali Tamang 2011
तिग्दा भिसम ह्रेम्बोसे ख्रीष्टदा विश्वास आलसैनोन म्रिङसे विश्वास लबासे लमा ह्रेम्बो परमेश्वरला म्हि दोखम्ला। ओच्छे म्रिङसे ख्रीष्टदा विश्वास आलसैनोन ह्रेम्बोसे विश्वास लबासे लमा म्रिङ परमेश्वरला म्हि दोखम्ला। थेह्रङ् आतबा हिन्सम थेनीगदेला कोलागदे चोखो आतसेला मुबा। तर थेह्रङ् तबासे लमा थेनीगदे मी परमेश्वरदा सेम निबा मुला।