1 Corinthians 7:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर विश्‍वास नगर्नेले आफ्‍नो ख्रीष्‍टिय लोग्‍ने वा स्‍वास्‍नीलाई छोड्‍न चाहन्‍छ भने छोड्‍न देओ। त्‍यस बेलाचाहिँ विश्‍वास गर्ने भाइ वा बहिनी स्‍वतन्‍त्र हुन्‍छ। परमेश्‍वरले तिमीहरूलाई त शान्‍तिको लागि छान्‍नुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर विश्‍वास नगर्नेचाहिँ छुट्टिन्‍छ भने छुट्टिओस्‌। यस्‍तो अवस्‍थामा त्‍यो ख्रीष्‍टमा विश्वास गर्ने पति अथवा पत्‍नी कुनै बन्‍धनमा रहनेछैन। किनभने परमेश्‍वरले हामीलाई शान्‍तिमा रहन बोलाउनुभएको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि अविश्‍वासी पति वा पत्नी अलग रहन चाहन्छन् भने ती अलग रहन सक्छन्। यस्तो परिस्थितिमा विश्‍वास गर्ने पुरुष वा स्त्री कुनै बन्धनमा रहँदैनन्; परमेश्‍वरले हामीलाई शान्तिमा रहन बोलाउनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
तर विश्वास नगर्नेले त्याग्न खोजे, उसलाई त्यसो गर्न देऊ। त्यसो भएको खण्डमा ख्रीष्टमा भाइ वा बहिनी बन्धनमा रहदैंनन्।
Nepali Tamang 2011
तर ख्रीष्‍टदा विश्‍वास आलबा म्‍हिसे चा ख्‍लाबारी म्‍हाइसम ख्‍लापुङ्‌गो। जमाहेन्‍से म्रिङ मुसै ह्रेम्‍बो मुसै थेनी गिकसेम गिकला तहरी चिआतोः। थेतबासेलमा थेन्‍नीदा खालैसेन कर लसी ग्‍ला गिकरी थाथान्‍गो। थेन्‍नी चा फेसी चिबान ठीक मुला, तिग्‍दा भिसम परमेश्‍वरसे य्‍हाङदा छेबा बङ्बा लसी चिबारी आहिन, तर ढिक्‍सी चिबाला लागिरी धम्‍बा हिन्‍ना।