1 Corinthians 7:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले नै तिमीहरूलाई छान्‍नुभएको हो अनि वरदान पनि उहाँले नै दिनुभएको हो। तिमीहरू हरेकले त्‍यसैअनुसार जिउनुपर्छ। मैले सबै मण्‍डलीलाई सिकाएको शिक्षा पनि यही हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रभुले हरेकलाई जस्‍तो जीवन खटाउनुभएको छ र जस्‍तो स्‍थितिमा बोलाउनुभएको छ, सोहीबमोजिम त्‍यो हिंडोस्। सबै मण्‍डलीहरूका निम्‍ति मेरो नियम यही हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभुले हरेक व्यक्तिलाई जस्तो अवस्थामा राख्नुभएको छ, तथा जुन रूपमा बोलाउनुभएको छ, त्यही अवस्थामा विश्‍वासी भएर जिउनुपर्दछ। म यही नियम सबै मण्डलीहरूका लागि राख्दछु।
Nepali ERV (पवित्र बाइबल)
जे जस्तो सुकै भए पनि जुन अवस्थामा परमेश्वरले उसलाई बोलाएको समयमा उ त्यो अनि जुन अवस्थामा उसलाई अहिले परमेश्वरले राख्नु भएकोछ उसरीनै प्रत्येक मानिस बाँच्नु पर्छ। यही नियम हो जो म सबै मण्डलीहरूलाई दिन्छु।
Nepali Tamang 2011
प्रभुसे एनीगदे जम्‍मादान खाह्रङ् लसी भ्रगै भिसी म्‍हन्‍बा मुला थेनोन अन्‍छार भ्रउ। ओच्‍छे एनीगदेदा ङाच्‍छा परमेश्‍वरसे धम्‍माहेन्‍से खाह्रङ् लसी भ्रमुबा थेह्रङ् लसीन भ्रउ। ङाइ पाङ्बा चु ताम जम्‍मान मण्‍डलीगदेला लागिरी हिन्‍ना।