1 Corinthians 7:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बिहे नगर्नेहरूका बारेमा मलाई प्रभुबाट कुनै आज्ञा मिलेको छैन। तर मैले प्रभुको दया पाएको हुँदा म भरपर्दो भई तिमीहरूलाई सल्लाह दिन्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब कन्याहरूका बारेमा प्रभुको आज्ञा मसित केही छैन। तर प्रभुको कृपाद्वारा एउटा विश्वासयोग्य व्यक्तिको हैसियतले म तिमीहरूलाई आफ्नो सल्लाह दिन्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब कन्याहरूको विषयमा: मैले प्रभुबाट केही आज्ञा त पाएको छैन; तर प्रभुको कृपा पाएर विश्वासयोग्य भएको कारणले म यो सल्लाह दिन्छु।
Nepali ERV (पवित्र बाइबल)
अब म अविवाहितहरूको विषयमा लेख्छु। यस बारे मलाई प्रभुबाट आज्ञा छैन तथापि म आफ्नो विचार पोख्छु । मलाई विश्वास गर्न सक्छौ किन कि प्रभुले मलाई दया गर्नु भएको छ।
Nepali Tamang 2011
ब्याह आतबा म्हिगदेदा प्रभुसे कुल्बा ताम ङादेन छ्याम तिगै आरे। तर प्रभुला दया याङ्सी विश्वास लखम्बा म्हि तबासे लमा ङाइ एनीगदेदा चु सल्लाह पिन्ना।