1 Corinthians 7:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले बिहे गर्यौ भने पनि पाप त लाग्दैन। त्यसै गरी बिहे नगरेका स्त्रीलाई पनि बिहे गर्दा पाप लाग्दैन। तर बिहे गर्नेहरूलाई यस संसारमा झन्झट हुन्छ अनि तिमीहरूलाई त्यसबाट जोगाउन चाहन्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीले विवाह गर्यौ भने पनि त्यो पाप होइन। कन्याकेटीले विवाह गर्दैमा त्यसले पाप गरेकी हुँदिन। तरै पनि विवाह गर्नेहरूले यस जीवनमा कष्टहरूको सामना गर्नुपर्नेछ, र म तिमीलाई यसदेखि जोगाउन चाहन्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि तिमीले विवाह गर्यौ भने पनि तिमीले पाप गरेका हुँदैनौ; अनि एउटी कन्याले विवाह गरी भने तापनि त्यसले पाप गरेकी हुँदिन। तर जसले विवाह गर्छन्, तिनीहरूले यस जीवनमा धेरै दुःखको सामना गर्नुपर्नेछ, र म तिमीहरूलाई यसबाट जोगाउन चाहन्छु।
Nepali ERV (पवित्र बाइबल)
तर तिमीले विवाह गरे त्यो कुनै पाप होइन। अनि कन्या केटीले विवाह गर्छ भने त्यो पाप होइन। तर विवाह गर्नेहरूले जीवनमा दुःखै पाउँछन् अनि म चाहन्छु कि तिमीहरू त्यस्तो कठिनाईहरूबाट मुक्त रहो।
Nepali Tamang 2011
तर ब्याह लजी भिसै पाप आहिन। ब्याह आलबा म्रिङकोलासे ब्याह लजी भिदेमा थेसे पाप लबा आहिन। तर ब्याह लबा म्हिगदेसे चु जम्बुलिङरी ल्हानान दुख नातोःला ङाइ मी एनीगदेदा चु दुखग्यामसे जे जोगब लबारी म्हाइबा हिन्ना।