1 Corinthians 7:30 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रुनेले अब अफसोस मानेको जस्तो नहोस्, हाँस्नेले खुसी भएको जस्तो नहोस्। किनेर ल्याएको पनि आफ्नो जस्तो नहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शोक गर्नेहरू शोक नगरेकाहरूजस्ता र हर्ष मनाउनेहरू हर्ष नमनाउनेहरूजस्ता भएर रहून्। किनमेल गर्नेहरू आफूसँग केही थोक नभएजस्तै रहून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शोक गर्नेहरू, शोक नगर्नेहरूजस्ता होऊन्; आनन्दित हुनेहरू, आनन्दित नहुनेहरूजस्ता होऊन्; किन्नेहरू पनि आफूसित केही थोक नभएकाहरूजस्ता होऊन्;
Nepali ERV (पवित्र बाइबल)
जो दुःखित छन् तिनीहरू दुःख नपाएको जस्तै बसुन्। जो र्हषित छन् तिनीहरू र्हष नभएको जस्तै बसुन् किनमेल गर्नेहरू तिनीहरू केही नभएको जस्तै बसून्।।
Nepali Tamang 2011
क्राबागदे आक्राबा म्हिगदे ह्रङ् लसी चिउ ओच्छे ताङ्बागदे आताङ्बा म्हिगदे ह्रङ् लसी चिउ। ओच्छे तिगै ग्लुसी भबागदेसे ह्राङदेन छ्याम तिगै आरेबा ह्रङ् लसी चिउ।