1 Corinthians 7:36 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैको मगनी भएको छ र त्यस मानिसले मगनी भएकी केटीप्रति उचित व्यवहार नगरेको ठान्छ र त्यो केटीको उमेर पुगिसकेको छ र बिहे गर्न चाहन्छ भने तिनीहरूलाई बिहे गर्न देओ। उसलाई पाप लाग्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि कुनै मानिसले आफूसँग मगनी भइसकेकी कन्यासँग अनुचित व्यवहार गरेको ठान्छ, र यदि त्यस कन्याको उमेर पनि ढल्कँदैगएको छ भने, उसले विवाह गर्न चाहे विवाह गर्न सक्छ। यसमा पाप छैन। तिनीहरूको विवाह हुनैपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कसैले आफूले मगनी गरेको कन्यासँग अनुचित व्यवहार गरेझैँ लाग्छ भने, र त्यस कन्याको उमेर पनि ढल्कँदैगएको छ भने, र उसलाई विवाह गर्नुपर्छ झैँ लाग्छ भने उसले आफूले चाहेझैँ विवाह गरोस्; यसमा उसले कुनै पाप गरेको हुँदैन; तिनीहरूले विवाह गर्नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
विवाहको उमेर ढल्किन लागेकी आफ्नी कन्या प्रति मैले ठीक गरेको छैनँ भनी कसैले सोंच्न सक्ला र विवाह गरिदिनै पर्छ भन्ने सम्झानु सक्ला । त्यस अवस्थामा उसले जे चाहन्छ गरोस्। तिनीहरूलाई विवाह गर्न दिइयोस्। त्यो पाप होइन।
Nepali Tamang 2011
चुदे खालै म्हिसे ह्राङला सेम तहरी थान्बारी आखम्ना ह्राङसे ब्याह लबारी ह्रीबा म्रिङकोलादेन छ्याम ब्रेल्बा सेम खजी भिसम थेदा ब्याह लपुङ्गो। चुह्रङ् लबा पाप आहिन।