1 Corinthians 7:37 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यदि त्यस मानिसको मन बलियो छ र कुनै करमा परेको छैन भने अनि आफ्नो इच्छालाई पूर्ण वशमा राखेको छ र मगनी भएकी केटीलाई बिहे गर्न चाहँदैन भने ठीकै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जुन मानिसले आफ्नो मन पक्का गरिसकेको छ, जो कुनै करकापमा परेको छैन, तर आफ्नो इच्छालाई वशमा राख्न सक्छ, र जसले कन्यालाई विवाह नगर्ने निर्णय गरिसकेको छ, भने— यस्तो मानिसले पनि ठीकै गर्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जुन मानिसले आफ्नो मनमा यो विषय समाधान गरिसकेको छ, जो कुनै करकापमा परेको छैन; तर आफ्नो इच्छालाई वशमा राख्न सक्छ, र जसले कन्यालाई विवाह नगर्ने निर्णय गरिसकेको छ भने यस्तो मानिसले पनि असल गर्दछ।
Nepali ERV (पवित्र बाइबल)
तर कोही यस्तो बलियो मनको पनि हुन सक्ला र सोच्ला विवाहको कुनै आवश्यकता छैन, उ पनि आफ्नो इच्छामा स्वतन्त्रै छ। यदि त्यस मानिसले आफ्नी कन्यालाई अविवाहित राख्ने निश्चय गरेको छ भने उसले ठीक गर्दैछ।
Nepali Tamang 2011
थेह्रङ् लसीन जुन म्हिसे ब्याह लबारी ह्रीसी जिन्बा म्रिङकोलादेन छ्याम खालैसे कर लसी आहिन, तर ह्राङलान सेमसे ब्याह आल भिसी ह्राङसे ह्राङदान तहरी थान्मुला भिसम थे म्हिसेनोन ज्यबान लबा हिन्ना।