1 Corinthians 7:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लोग्‍ने बाँचुञ्‍जेल स्‍वास्‍नीचाहिँ लोग्‍नेमा बाँधिएकी हुन्‍छे; तर लोग्‍ने मर्‍यो भने उसले कसैसँग फेरि बिहे गर्न सक्‍छे। तर योचाहिँ ख्रीष्‍टियान बिहे हुनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पति बाँचुञ्‍जेल पतिकै बन्‍धनमा पत्‍नी रहन्‍छे। तर पतिको मृत्‍यु भएपछि त्‍यसले इच्‍छा गरेको व्‍यक्तिसँग त्‍यो विवाह गर्न स्‍वतन्‍त्र हुन्‍छे, तर ऊचाहिँ प्रभुकै जन हुनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एउटी स्त्री आफ्नो पति बाँचुन्जेल उसको अधीनमा हुन्छे। तर यदि पति मर्‍यो भने उसले आफूले चाहेको व्यक्तिसँग विवाह गर्न सक्छे; तर त्यो मानिस प्रभुमा विश्‍वास गर्ने हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
जब सम्म पति जीवित रहन्छ उसकी स्त्री बन्धनमा रहन्छे। तर पति मर्यो भने, त्यस स्त्रीले आफूले रूचाएको मानिससित विवाह गर्न सक्छे। तर उसले प्रभुमा विवाह गर्नु पर्छ।
Nepali Tamang 2011
ह्रेम्‍बो सोतेधोना म्रिङ ह्रेम्‍बोलान तहरी तला। तर ह्रेम्‍बो सिमाहेन्‍से थेदा ब्‍याह लइ म्‍हन्‍जी भिसम थेसे स्‍य्‍हान्‍दोदेन छ्‌याम ब्‍याह लबारी खम्‍ला। थे म्‍हि चा प्रभुदा विश्‍वास लबा म्‍हि ततोःला।