1 Corinthians 8:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर सबै विश्वासीहरूलाई यो थाहा छैन। तिनीहरूलाई मूर्तिको गहिरो आदत भएकोले अझै पनि त्यस्तो खानेकुरो खाँदा मूर्तिकै खानेकुरो खाँदै छु भन्ठान्छन्। तिनीहरूको राम्रो-नराम्रो छुट्याउने शक्ति कमजोर भएकोले त्यो खानेकुराले ‘म अशुद्ध भएँ’ भनी ठान्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि सबै मानिसमा त यो ज्ञान हुँदैन। तर कति मानिसहरूलाई मूर्तिपूजाको यति बानी बसेको हुन्छ, कि तिनीहरूले यस्तो भोजन खाँदा साँच्चै मूर्तिलाई चढ़ाएको भनिठान्छन्, र तिनीहरूको विवेक दुर्बल भएकोले अशुद्ध बन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर सबैलाई यो ज्ञान छैन। केही मानिसहरूलाई मूर्तिहरूमा यतिसम्म बानी बसेको हुन्छ, कि जब तिनीहरूले मूर्तिलाई बलि चढाएको भोजन खान्छन्, तब तिनीहरूले देवतालाई चढाएको चीज सम्झी खान्छन्। तिनीहरूको विवेक दुर्बल भएको कारणले अशुद्ध हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर सबैले यो सत्य जान्दैन। धेरै समय अघि कति मानिसहरूले मूर्ति पूजा गर्थे औ तिनीहरू यसमा चढाएको मासु खान्थे तिनीहरू आफै निश्चित छैनन् कि त्यो मासु खानु उचित हो अथवा होइन। यसर्थ जब तिनीहरू खान्छन् आफैलाई दोषी सम्झन्छन्।
Nepali Tamang 2011
तर जम्मान म्हिदा चु ताम था आरे। ओच्छे एनीगदे न्हङला कोइ कोइ म्हिसे विश्वास लबा भन्दा ङाच्छान मूर्तिदा पूजा लसी खबासे लमा दान्देधोनाएनोन थेह्रङ्बा चबा स्हे चमा चु चा मूर्तिदा फुल्बा स्हे हिन्ना भिसी म्हन्मुला। ओच्छे ज्यबा आज्यबा फेबारी खम्बा थेनीगदेला ज्ञान कमजोर तबासे लमा थेनीगदेसे “ङाइ पाप लजी” भिसी म्हन्मुला।