1 Corinthians 9:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मैले कुनै हक लिएको छैनँ। अहिले यो पत्र लेखेर पनि हक पाउन चाहेको होइनँ। यसो गर्नुभन्दा ता बरु म मर्नु निको मान्छु। कसैले मेरो यस घमण्डलाई खोक्रो भन्नै सक्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यी हकहरूमध्ये मैले कुनैको प्रयोग गरेको छैनँ, र मेरो निम्ति यस्तै प्रबन्ध होस् भनेर मैले यी कुरा लेखेको होइनँ। किनभने मेरो गर्व गर्ने कुरादेखि कसैले मलाई वञ्चित गराउनभन्दा बरु म मर्नु असल छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मैले यी कुनै अधिकारहरू प्रयोग गरेको छैनँ। अनि यी सबै कुराहरू तिमीहरूले मेरा लागि यसरी नै गर भन्ने आशाले मैले यी कुराहरू लेखेको पनि होइनँ। किनकि मेरो गर्व गर्ने कारण कसैलाई खोस्ने अनुमति दिनुभन्दा बरु मेरा निम्ति मर्न असल हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तर यो कामबाट मैले कुनै अधिकार उपयोग गरेको छैन। र मैले यसबाट केही पाउने कोशिश पनि गरिरहेको छैन। तिमीहरूलाई यो लेख्ने मेरो उद्देश्य होइन। कसैलाई मेरो गर्व केवल रित्तो भाँडा प्रमाण गर्ने मौका दिनु भन्दा त म मर्न मन पराउँछु।
Nepali Tamang 2011
तर ङाइ याङ्तोःबा हक एनीगदेग्याम तिगै म्हाइबा आरे। दान्देनोन एनीगदेसे थे जम्मान ताम ढिक्ना लगै भिसीएनोन ङाइ चु ताम भ्रिबा आहिन। चुह्रङ् लसी ङा ताङ्सी ताङ्सी थार्बा पिन्बा समाचार थेःना लबा ङाला गेदा खालै म्हिसे गे आखेल्बा स्होजी भिसम बरु ङा सिबान ज्यबा तला।