1 Corinthians 9:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले यो काम आफैंले रोजेको भए यसबाट म केही पाउने आशा राख्‍थें। तर म यो कामलाई मेरो कर्तव्‍य सम्‍झेर गर्दै छु। परमेश्‍वरले नै यो कामको जिम्‍मा दिनुभएकोले मैले गरें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यदि आफ्‍नो इच्‍छाले म यो काम गर्दछु भने मलाई इनाम छ, तर मैले आफ्‍नै इच्‍छाले यो गरेको होइनँ भने पनि मलाई एउटा भण्डारेको जिम्मा सुम्‍पिदिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि मैले आफ्नो इच्छाअनुसार प्रचार गरेँ भने मेरो निम्ति इनाम छ। यदि मैले आफ्नो इच्छाले प्रचार गरिनँ भने मैले ममाथि दिइएको जिम्मेवारी मात्र गरिरहेको हुन्छु।
Nepali ERV (पवित्र बाइबल)
यदि मैले आफ्नै खुशीले सुसमाचार प्रचार गरें भने म केही इनाम पाउनु सक्छु। तर मेरो कुनै चयन छैन। मैले सुसमाचार प्रचार गर्नै परेको छ। जब ममाथि यो काम सुम्पिइएको छ, म मेरो काम गरिरहेको छु।
Nepali Tamang 2011
तिग्‍दा भिसम चु गे ङाइ म्‍हन्‍बा अन्‍छार लजी भिसम ङाइ इनाम याङ्ला। तर चु गे ङाइ म्‍हन्‍बा अन्‍छार आल। परमेश्‍वरसेन ङादा चु गे लउ भिसी जिम्‍मा पिन्‍बासे लमान चु गे लबा हिन्‍ना।