1 Corinthians 9:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदीहरूका माझमा काम गर्दा उनीहरूले ख्रीष्टमा विश्वास गरून् भनेर म यहूदीजस्तै भएँ। मोशाले दिएका व्यवस्था मान्नेहरूका माझमा उनीहरूले ख्रीष्टमा विश्वास गरून् भनेर मैले पनि त्यही व्यवस्था मानें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदीहरूलाई जितूँ भनेर यहूदीहरूका निम्ति म यहूदीजस्तै बनें। व्यवस्थाको अधीनमा रहनेहरूलाई जितूँ भनेर म आफै व्यवस्थाको अधीनमा नभए तापनि व्यवस्थाको अधीनमा भएकाहरूका निम्ति व्यवस्थाकै अधीनमा रहेजस्तै भएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदीहरूलाई जित्न म यहूदीझैँ भइदिएँ; व्यवस्थाको अधीनमा रहेकाहरूलाई जित्नलाई म व्यवस्थाको अधीनमा रहेकाहरूझैँ भइदिएँ।
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरूलाई बचाउन यहूदीहरूका निम्ति म यहूदी जस्तै भएँ। म आफै कुनै नियमको अधीनमा छैन। तर नियमको अधीनमा बसेका मानिसहरूको लागि तिमीहरूलाई बचाउनु म पनि एकजना नियमको अधीनमा बस्ने मानिस जस्तै भइदिएँ।
Nepali Tamang 2011
यहूदीगदेसे ख्रीष्टदा विश्वास लगै भिसी ङा यहूदीगदे ह्रङ्बान दोसी भ्रजी। ओच्छे परमेश्वरसे मोशादा पिन्बा ठिमला तहरी भ्रबा म्हिगदेसे ख्रीष्टदा विश्वास लगै भिसी ङाएनोन थे ठिमला तहरी चिजी।