1 Corinthians 9:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
व्यवस्था नहुने अरू जातिका मानिसका माझमा काम गर्दा उनीहरूले ख्रीष्टमा विश्वास गरून् भनेर व्यवस्था नहुनेजस्तो भएँ। यसको मतलब परमेश्वरको व्यवस्था म मान्दिनँ भनेको होइनँ, तर म त ख्रीष्टको व्यवस्था मान्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
व्यवस्थाको बाहिर हुनेहरूलाई जित्न सकूँ भनेर म आफै परमेश्वरको व्यवस्थाबाट बाहिर नभई तर ख्रीष्टको व्यवस्थाको अधीनमा रही व्यवस्थाको बाहिर हुनेहरूझैं बनें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
व्यवस्थाका अधीनमा नभएकाहरूलाई जित्न सकूँ भनेर म व्यवस्थाको अधीनमा नरहेको झैँ भइदिएँ। यद्यपि म परमेश्वरको व्यवस्थाबाट स्वतन्त्र छैनँ, तर ख्रीष्टको व्यवस्थाको अधीनमा छु, ताकि तिनीहरूलाई जित्न सकूँ, जो व्यवस्थाको अधीनमा छैनन्।
Nepali ERV (पवित्र बाइबल)
ती जो नियमको अधिनमा छैनन तिनीहरूलाई बचाउनु म पनि नियमको अधिनमा नभएको जस्तो भएँ। वास्तवमा परमेश्वरको नियमबाट म स्वतन्त्र छैन। म ख्रीष्टको नियमको अधीनमा छु।
Nepali Tamang 2011
ओच्छे थे ठिम अन्छार आभ्रबा अर्गु य्हुलला म्हिगदेसेनोन ख्रीष्टदा विश्वास लगै भिसी ङाएनोन थेनीगदे ह्रङ्बान दोसी भ्रजी। चु भिबा चा ङाइ परमेश्वरला ठिमदा ख्लाजी भिसी पाङ्बा आहिन, तर ङा ख्रीष्टला ठिम अन्छार भ्रबा मुला।