1 Corinthians 9:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कमजोरहरूका माझमा काम गर्दा उनीहरूले ख्रीष्‍टमा विश्‍वास गरून् भनेर म कमजोर भएँ। यसरी म सबै मानिसको माझमा हरतरहले सबैले ख्रीष्‍टमा जीवन पाऊन् भनेर सबै थोक भएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुर्बलहरूलाई जितूँ भनेर दुर्बलहरूका निम्‍ति म दुर्बल बनें। सब प्रकारका उपायले कसै न कसैलाई बचाउन सकूँ भनेर सबैका निम्‍ति म सब थोक बनें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कमजोरहरूलाई जित्न सकूँ भनेर कमजोरहरूका लागि म कमजोर झैँ भइदिएँ। म सबैको निम्ति सबै थोक भइदिएँ; ताकि हर प्रयासद्वारा कसै न कसैलाई बचाउन सकूँ।
Nepali ERV (पवित्र बाइबल)
कमजोर मानिसहरूको लागि म कमजोरै भइदिएँ जसमा कि म तिनीहरूलाई सहायता गर्नु सकूँ। म सबै किसिमका मानिसहरूको निम्ति सबै थोक भएको छु ताकि कुनै न कुनै तरहले मानिसलाई बचाउनु सकूँ।
Nepali Tamang 2011
ओच्‍छे विश्‍वासरी पाको आरेबा म्‍हिगदे विश्‍वासरी पाको तगै भिसी ङाएनोन थेनीगदे ह्रङ्‌बान तसी भ्रजी। चुह्रङ् लसी जम्‍मान म्‍हिसे ख्रीष्‍टग्‍याम थार्बा याङ्‌गै भिसी जम्‍मान म्‍हिगदेला लागिरी ङा जम्‍मान थरीला म्‍हि दोसी भ्रजी।