1 Corinthians 9:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दौडमा भाग लिनेहरू जिउ सधाउन सबै किसिमले अभ्यास गर्छन्। तिनीहरूले त ओइलाएर जाने माला पाउन त्यसो गर्छन्, तर हामीचाहिँ सधैँभरि रहने मुकुटको लागि गर्छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खेलमा भाग लिने खेलाडी सबै थोकमा आत्मसंयमी हुनुपर्छ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन्, तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेक जो खेलमा भाग लिन्छन्, कठोर तालिममा भएर जान्छन्। तिनीहरूले नाश भएर जाने मुकुट पाउनका निम्ति यी सबै गर्छन्। तर हामी त सदा रहिरहने मुकुट पाउनका निम्ति यसो गर्दछौँ।
Nepali ERV (पवित्र बाइबल)
खेलमा भाग लिने सबैले कठोर अनुशासनको पालना गर्नु पर्छ। पुरस्कार जितुँ भनेर नै तिनीहरू त्यसो गर्छन्। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्नछन्, तर हामीले पाएको पुरस्कार सदा काललाई हुँदछ।
Nepali Tamang 2011
तिगै खेलरी भो किन्बा म्हिसे जम्मान थरीला तालिम किन्तोःला। थेनीगदेसे म्हासी निबा इनाम याङ्बाला लागिरी थेह्रङ् लमुला। तर य्हाङसे चा खाइमै आम्हबा इनाम याङ्बाला लागिरी थेह्रङ् लबा मुला।