1 John 1:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले पाप गरेका छैनौं भन्‍छौं भने हामी उहाँलाई झूटो ठहर्‍याउँछौं र उहाँको वचन हामीसँग हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्‍छौं भने हामी उहाँलाई झूटा तुल्‍याउँछौं, र उहाँको वचन हामीमा हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि हामीले पाप गरेका छैनौँ भनी हामी दाबी गर्छौँ भने हामीले उहाँलाई झूटा तुल्याउँछौँ र उहाँको वचन हाम्रो जीवनमा रहँदैन।
Nepali ERV (पवित्र बाइबल)
यदि हामी भन्छौ, हामीले पाप गरेका छैनौं तब हामीले परमेश्वरलाई झूटो बनाउँछौ। यसैले देखाँउछ कि हाम्रो हृदयमा परमेश्वरको साँचो सन्देश राखेका छैनौं।
Nepali Tamang 2011
चुदे य्‍हाङसे पाप लबा आरे भिसी पाङ्जी भिसम य्‍हाङसे परमेश्‍वरदा फट्टा स्‍होबा हिन्‍ना, ओच्‍छे थेला बचन अन्‍छार य्‍हाङ आभ्र।