1 John 1:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब यो जीवन प्रकट भयो, हामीले देख्‍यौं र साक्षी दिन्‍छौं अनि तिमीहरूलाई पनि भन्‍छौं, यो अनन्‍त जीवन पितासँग थियो र हामीकहाँ प्रकट भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो जीवन प्रकट भयो, र हामीले देख्‍यौं, र हामी गवाही दिन्‍छौं, र तिमीहरूलाई त्‍यस अनन्‍त जीवनको सन्‍देश सुनाउँछौं, जो पितासँग थियो, र हामीकहाँ प्रकट भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो जीवन प्रकट हुनुभयो; हामीले उहाँलाई देखेका छौँ, र उहाँकै साक्षी दिन्छौँ; अनि तिमीहरूलाई हामी अनन्त जीवन घोषणा गर्दछौँ, जो पितासँग थियो र हामीकहाँ प्रकट हुनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
त्यो जीवन हामीमा देखापरेको छ। हामीले त्यसलाई देख्यौं। हामी यस बारे तिमीहरुलाई प्रमाण दिन सक्छौं। अब हामी तिमीहरुलाई त्यो जीवनको विषयमा भनी रहेका छौं। यो त्यो जीवन हो जो चिरस्थायी छ। यो त्यो जीवन हो जो परमेश्वर पितासित थियो अनि हाम्रो अघि देखा पर्यो।
Nepali Tamang 2011
थे जुनी परमेश्‍वरसे ङन्‍दा उन्‍जी, ओच्‍छे ङन्‍से म्राङ्जी। ओच्‍छे ङन्‍से ह्राङसेन म्राङ्बा ताम पाङ्बा हिन्‍ना। थेतबासेलमा एनीगदेदाएनोन ङन्‍से थे जुकजुकधोनाला जुनीला बारेरी थेःना लला। परमेश्‍वर आबादेन छ्‌याम मुबा थे जुकजुकधोनाला जुनी परमेश्‍वर आबासेन ङन्‍दा उन्‍जी।