1 John 2:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बालकहरू हो, तिमीहरूले परमेश्‍वर पितालाई चिनेका छौ। त्‍यसैकारण मैले तिमीहरूलाई लेखेको हुँ। बुबाहरू हो, जो सुरुदेखि नै हुनुहुन्‍छ, उहाँलाई तिमीहरू चिन्‍दछौ। त्‍यसैकारण मैले तिमीहरूलाई लेखेको हुँ। तन्‍नेरीहरू हो, तिमीहरू बलिया छौ अनि परमेश्‍वरको वचन तिमीहरूभित्र रहेको छ। तिमीहरूले दुष्‍ट शैतानलाई जितेका छौ। त्‍यसैकारण तिमीहरूलाई लेखेको हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्‍दछौ। युवक हो, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरू बलिया छौ, र परमेश्‍वरको वचन तिमीहरूमा रहन्‍छ, र तिमीहरूले त्‍यस दुष्‍टलाई जितेका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे प्यारा बालकहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि तिमीहरूले पितालाई चिनेका छौ। हे पिताहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि सुरुदेखि नै हुनुहुनेलाई तिमीहरूले चिनेका छौ। हे जवानहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि तिमीहरू बलिया छौ, र परमेश्‍वरको वचन तिमीहरूमा रहन्छ, र तिमीहरूले त्यस दुष्‍टलाई जितेका छौ।
Nepali ERV (पवित्र बाइबल)
बालकहरु, म तिमीहरुलाई लेख्दैछु, किनभने तिमीहरु पितालाई चिन्दछौ। पिताहरु, म तिमीहरुलाई लेख्दैछु, किनभने तिमीहरु उहाँलाई चिन्छौ जो शुरुदेखि अस्तित्वमा हुनुहुन्छ। युवा मानिसहरु, म तिमीहरुलाई लेख्दैछु किनभने तिमीहरु बलियो छौ, अनि परमेश्वरको वचन तिमीहरुमा बस्छ अनि तिमीहरुले दुष्टलाई परास्त गरेका छौ।
Nepali Tamang 2011
आखे ममगदे, ह्राङनीसे दङबोहेन्‍सेन मुबा परमेश्‍वरदा ङोसेबा मुला। थेतबासेलमा ङाइ ह्राङनीदा चु ताम भ्रिबा मुला। एनी भर्खरला म्‍हिगदेदाएनोन ङाइ चु ताम भ्रिबा मुला, एनीगदेला सेम न्‍हङरी परमेश्‍वरला बचन मुबासे लमा एनीगदे भङ्‍सी शैतानदा ढाबा मुला।