1 John 2:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा बालकहरू, यो आखिरी समय हो। ख्रीष्टविरोधी आउँदै छ भनेर तिमीहरूलाई भनिएको थियो। ख्रीष्टका धेरै शत्रुहरू त अघि नै आइसके। यसैबाट हामीले यो आखिरी समय हो भनेर थाहा पाउनेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ससना केटाकेटीहरू, आखिरी घड़ी यही हो। ख्रीष्ट विरोधी आइरहेछ भन्ने तिमीहरूले सुनेका छौ। अब धेरै ख्रीष्ट विरोधी आएका छन्। यसकारण हामी जान्दछौं, कि यो आखिरी घड़ी हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे प्यारा बालकहरू हो, यो नै आखिरी घडी हो; अनि ख्रीष्ट विरोधी आउनेछ भनी तिमीहरूले सुनेझैँ, अहिले पनि धेरै ख्रीष्ट विरोधीहरू आएका छन्। यसबाट नै यो आखिरी घडी हो भनी हामी जान्दछौँ।
Nepali ERV (पवित्र बाइबल)
मेरा प्यारा बालकहरु, अन्त धेरै नजिक छ। तिमीहरुले सुनेका छौ कि ख्रीष्ट विरोधी आउँदैछ। अनि अहिले ख्रीष्टका अनेक शत्रुहरु यहाँ छन्। यसर्थ हामी जान्दछौ कि अन्त नजिक छ।
Nepali Tamang 2011
ङाला कोलागदे, चु धुइ जम्बुलिङ नाश तबा धुइ हिन्ना। तिग्दा भिसम ख्रीष्टदा बिरोध लबा म्हि खबान मुला भिबा ताम एनीगदेसे थेःबा मुला। ख्रीष्टदा बिरोध लबा थेह्रङ्बा म्हिगदे दान्दे ल्हानान खसी जिन्बा मुला। थेतबासेलमा चुग्यामसेन य्हाङसे चु जम्बुलिङ नाश तबा धुइ तसी जिन्बा मुला भिसी था याङ्बा मुला।