1 John 2:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि झूटो को हो त? येशू ख्रीष्ट मुक्तिदिने राजा हुनुहुन्न भन्ने नै झूटो हो। त्यस्तो व्यक्ति नै ख्रीष्टविरोधी हो। यसले परमेश्वर पिता र पुत्र कसैलाई मान्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
झूटो को हो? झूटो त्यो हो, जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्दछ। पिता र पुत्रलाई जसले इन्कार गर्छ, ख्रीष्ट विरोधी त्यही हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
झूट को हो? येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्ने मानिस नै झूटो हो। त्यस्तो मानिस नै ख्रीष्ट विरोधी हो, त्यसले पिता र पुत्रलाई इन्कार गर्दछ।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ, झूटो को हो? यो त्यो मानिस हो जसले येशू ख्रीष्ट छैनन् भन्छ अनि उ ख्रीष्टको शत्रु हो। उसले पिता र पुत्रलाई अस्वीकार गर्छ।
Nepali Tamang 2011
तर लुसीला ताम पाङ्बा म्हि खाल हिन्ना? तिग येशूदा थार्बा पिन्बा ख्रीष्ट आहिन भिसी पाङ्बा म्हिनोन लुसीला ताम पाङ्बा म्हि आहिन? हिन्ना। चुनोन ख्रीष्टदा बिरोध लबा म्हि हिन्ना। तिग्दा भिसम थेसे परमेश्वर आबादेन थेला झादा सदन बिरोध लमुला।