1 John 2:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो हुँदा तिमीहरूले सुरुदेखि नै सुनेका शिक्षालाई मनमा लिइराख। तिमीहरूले सुनेका शिक्षा तिमीहरूको मनमा छ भने परमेश्वर पिता र पुत्रमा तिमीहरू पनि रहनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्यो तिमीहरूमा रहिरहोस्। यदि सुरुदेखि नै सुनेको त्यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
होसियार होओ, जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्यो तिमीहरूमा रहिरहोस्। यदि त्यो कुरा तिमीहरूमा रहिरह्यो भने तिमीहरू पनि पुत्रमा र पिताको सङ्गतिमा रहिरहनेछौ।
Nepali ERV (पवित्र बाइबल)
जुन तिमीहरुले शुरुदेखि सुन्दै आएको शिक्षा छ त्यसलाई दरिलोसित राख। यदि तिमीहरुले शुरुदेखि सुन्दै आएको शिक्षा तिमीहरुमा रहन्छ भने तिमीहरु पुत्र र पितामा रहनेछौ।
Nepali Tamang 2011
थेतबासेलमा जुन ताम एनीगदेसे ङाच्छाहेन्सेन थेःबा मुला, थे ताम एनीगदेसे ह्राङला सेमरी थान्गो। चुदे एनीगदेसे ङाच्छाहेन्सेन थेःबा ताम ह्राङला सेमरी थान्जी भिसम एनीगदे परमेश्वर आबादेन थेला झादेन छ्याम तला।