1 John 2:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूमाथि चाहिँ ख्रीष्‍टले आफ्‍नो पवित्र आत्‍मा खन्‍याइदिनुभएको छ। तिमीहरूमा पवित्र आत्‍मा रहनुभएसम्‍म कसैले पनि तिमीहरूलाई सिकाउनुपर्दैन किनभने पवित्र आत्‍माले तिमीहरूलाई सबै कुरा सिकाउनुहुन्‍छ। उहाँले सिकाउनुभएको कुरा सत्‍य हुन्‍छ, झूटो हुँदैन। पवित्र आत्‍माले दिनुभएको शिक्षा मानेर ख्रीष्‍टमा रहने गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्‍छ, र कसैले तिमीहरूलाई सिकाउन आवश्‍यकता पर्दैन। तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, अनि त्‍यो अभिषेक सत्‍य छ, त्‍यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्‍टमा रहिरहो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका विषयमा तिमीहरूले उहाँबाट जुन अभिषेक पाएका छौ, त्यो तिमीहरूमा रहिरहन्छ, र तिमीहरूलाई सिकाउन कसैको आवश्यकता पर्दैन; तर त्यस अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, र त्यो अभिषेक झूटा नभई सत्य भएको हुनाले त्यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्‍टको सङ्गतिमा रहिरहो।
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्टले तिमीहरुलाई विशेष उपहार दिनु भएको छ। यो उपहार तिमीहरुसित अझ छ। यसर्थ तिमीहरुलाई कसैंबाट शिक्षा लिन आवश्यक पर्दैन। उनले तिमीहरुलाई दिएको उपहारले हरेक कुराको बारेमा सिकाउनु हुनेछ। यो उपहार सत्य छ, यो झूटो छैन। यसर्थ जस्तो त्यो उपहारले तिमीहरुलाई सिकाएको छ त्यसैमा अडी बस।
Nepali Tamang 2011
तर एनीगदेसे ख्रीष्‍टग्‍याम परमेश्‍वरला आत्‍मा याङ्बा मुला, थे आत्‍मा एनीगदेदेन छ्‌याम सदन धन्‍छ्‌याला। थेतबासेलमा एनीगदेदा खालैसेन तिगै लोप्‍आतोः। तिग्‍दा भिसम परमेश्‍वरला आत्‍मासेन जम्‍मान तामला बारेरी एनीगदेदा लोप्‍ला। परमेश्‍वरला आत्‍मासे लोप्‍बा ताम चा लुसीला ताम आहिन, सत्‍य ताम हिन्‍ना। थेतबासेलमा परमेश्‍वरला आत्‍मासे एनीगदेदा लोप्‍बा अन्‍छार एनीगदे ख्रीष्‍टदेन छ्‌याम गिक तसी चिउ।