1 John 2:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर जसले उहाँको वचन मान्‍ने गर्छ, उसले परमेश्‍वरलाई पूरा प्रेम गरेको हुन्‍छ। यसैबाट हामी उहाँमा छौं भनेर जान्‍नेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जसले उहाँको वचन पालन गर्छ, त्‍यसमा परमेश्‍वरप्रतिको प्रेम साँच्‍ची नै सिद्ध भएको हुन्‍छ। हामी उहाँमा छौं भन्‍ने कुरामा यसैबाट निश्‍चित हुन्‍छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि कसैले उहाँको वचन पालन गर्छ भने परमेश्‍वरको प्रेम त्यसमा साँचो रूपले पूर्ण भएको हुन्छ। यसैबाट हामी उहाँमा छौँ भनी हामीलाई थाहा हुन्छ:
Nepali ERV (पवित्र बाइबल)
तर एक व्यक्तिले परमेश्वरको शिक्षा पालन गर्छ तब त्यस व्यक्तिमा परमेश्वरको प्रेमको लक्ष्य रहेको हुन्छ। यसरी नै हामी जान्न सक्छौ कि हामी परमेश्वरको अनुसरण गरिरहेछौ।
Nepali Tamang 2011
तर जुन म्‍हि परमेश्‍वरला बचन अन्‍छार भ्रला, थेसे परमेश्‍वरदा सेमहेन्‍सेन माया लबा तला। चुग्‍यामसेन य्‍हाङ परमेश्‍वरदेन छ्‌याम मुला भिबा ताम पक्‍का तला।