1 John 2:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रिय भाइहरू, तिमीहरूलाई लेखेको यो आज्ञा नयाँ होइन। तर सुरुदेखि नै चलिआएको पुरानो आज्ञा हो अनि तिमीहरूले सुनेका शिक्षा नै पुरानो आज्ञा हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रिय हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन, तर त्‍यही पुरानो आज्ञा लेखिरहेछु, जो सुरुदेखि तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेकै वचन हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे प्यारा मित्रहरू हो, मैले तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन, तर त्यही पुरानो आज्ञा लेखिरहेको छु, जो सुरुदेखि नै तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेको वचन हो।
Nepali ERV (पवित्र बाइबल)
मेरा प्रिय मित्रहरु, म तिमीहरुको तिम्ति नयाँ आदेश लेखिरहेको छैन। यो त्यही आदेश हो जो तिमीहरुले शुरुदेखि पाएका थियौ। यो आदेश तिमीहरुले अघि नै सुनिसकेको शिक्षा हो।
Nepali Tamang 2011
ङाला सेम निबा ह्रोगदे, ङाइ एनीगदेदा भ्रिबा चु ताम परमेश्‍वरसे कुल्‍बा छार ताम आहिन। तर ङाच्‍छाहेन्‍सेन एनीगदेदा था मुबा परमेश्‍वरसे कुल्‍बा तामनोन ङाइ भ्रिबान मुला। चु ताम एनीगदेसे ङाच्‍छान थेःबा बचन हिन्‍ना।