1 John 3:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहो, हामीलाई पिताले कति धेरै प्रेम गर्नुभएको छ! उहाँको प्रेमको कारणले हामी परमेश्वरका सन्तान भनिएका हौं अनि साँच्चै हौं पनि। संसारले परमेश्वरलाई नचिनेकोले हामीलाई पनि चिन्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर, पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ, कि हामी परमेश्वरका सन्तान भनी कहलिएकाहरू हौं, र साँच्चै हौं पनि। यसैकारणले त संसारले हामीलाई चिन्दैन, किनभने त्यसले उहाँलाई चिनेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर, पिताले हामीलाई कति महान् प्रेम प्रदान गर्नुभएको छ: हामी परमेश्वरका सन्तान कहलिएका छौँ; अनि हामी त्यही हौँ पनि! संसारले उहाँलाई नचिनेको कारण यसले हामीलाई पनि चिन्दैन।
Nepali ERV (पवित्र बाइबल)
हामीलाई पिताले यति विघ्न प्रेम गर्नु भएको छ कि हामी परमेश्वरको बालकहरु भनिनु योग्यका छौं। अनि वास्तवमा हामी परमेश्वरका बालकहरु हौं। तर संसारका मानिसहरु यो बुइदैनन् कि हामीहरु परमेश्वरका बालकहरु हौं, किनभने तिनीहरुले उहाँलाई चिनेका छैनन्।
Nepali Tamang 2011
च्यागो, य्हाङदा परमेश्वर आबासे गाते ल्हाना माया लबा मुला। परमेश्वरला मायासे लमान य्हाङदा परमेश्वरला सन्तान भिसी पाङ्बा हिन्ना, चु ताम सत्यएनोन हिन्ना। थेतबासेलमा जम्बुलिङला म्हिगदेसे य्हाङदा ङोआसेबा हिन्ना, तिग्दा भिसम थेनीगदेसे परमेश्वरदा ङोआसेनी।