1 John 3:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी कयिनजस्तो हुनुहुँदैन। उसले शैतानको सन्तान भएर आफ्नै भाइ हाविललाई मार्यो। कयिनले किन आफ्नै भाइलाई मार्यो? किनभने उसको काम ठीक थिएन। तर उसको भाइको कामचाहिँ ठीक थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कयिनजस्तो नहोओ, जो दुष्ट थियो। उसले आफ्नो भाइको हत्या गर्यो। उसले आफ्नो भाइको हत्या किन गर्यो? किनकि उसका आफ्ना कामहरू दुष्ट थिए, अनि उसको भाइका कामहरूचाहिँ धार्मिक थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कयिनजस्तो नहोओ, जो दुष्टको थियो र त्यसले आफ्नै भाइको हत्या गर्यो। त्यसले आफ्नो भाइको किन हत्या गर्यो? किनकि त्यसका आफ्ना कामहरू दुष्ट थिए, तर त्यसको भाइका कामहरूचाहिँ धार्मिक थिए।
Nepali ERV (पवित्र बाइबल)
कयिन जस्तो नबन, जो शैतानको थियो। कयिनले आफ्नो भाइ हाबिललाई मार्यो। तर कयिनले आफ्नो भाइलाई किन मार्यो? किनभने उनले गरेका कुराहरु गलत थियो अनि तिनका भाइले गरेका कुराहरु असल थियो।
Nepali Tamang 2011
कयिन शैतानना सन्तान दोसी ह्राङलान आलेदा साइजी। थेतबासेलमा य्हाङ कयिन ह्रङ्बा दोबारी आत। कयिनसे ह्राङलान आलेदा तिग्दा साइजी? तिग्दा भिसम थेला आलेसे लबा गे परमेश्वरदा सेम निबा गे मुबा, तर कयिनसे लबा गे परमेश्वरदा सेम आनिबा गे मुबा।