1 John 3:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले दाजुभाइलाई प्रेम गरेकाले नै हामी मृत्युबाट जीवनमा सरिसकेका छौं भन्ने थाहा हुन्छ। प्रेम नगर्ने मानिसचाहिँ अझ मृत्युको बन्धनमा हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी जान्दछौं, कि हामी त मृत्युबाट पार भएर जीवनमा सरिसकेका छौं, किनभने हामी आफ्ना दाजुभाइहरूलाई प्रेम गर्छौं। जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहिरहन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी जान्दछौँ, हामी त मृत्युबाट जीवनमा सरिसकेका छौँ; किनकि हामी आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्छौँ। जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहिरहन्छ।
Nepali ERV (पवित्र बाइबल)
हामी जान्दछौ कि हामीले मृत्युलाई नाघेर जीवनमा आएका छौं। हामी यो जान्दछौं किनभने हामी ख्रीष्टमा भएका हाम्रा भाइ अनि बहिनीहरुलाई प्रेम गर्छौ। मानिस जसले प्रेम गर्दैन उ अझ मृत्युमा छ।
Nepali Tamang 2011
य्हाङसे य्हाङला ज्योज्यो आले नाना आङागदेदा माया लबासे लमा कालग्याम फेसी य्हाङसे छार जुनी याङ्जी भिबा ताम य्हाङदा था मुला। तर जुन म्हिसे माया आलनी थे दान्देधोना कालला तहरी मुला।