1 John 3:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना भाइलाई हेला गर्नेचाहिँ ज्‍यानमारा हो र ज्‍यानमारामा अनन्त जीवन हुँदैन भन्‍ने तिमीहरूलाई थाहा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो दाजुभाइलाई घृणा गर्ने हरेक हत्‍यारा हो, र कुनै हत्‍यारासँग अनन्‍त जीवन रहँदैन भन्‍ने तिमीहरूलाई थाहै छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेक जसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई घृणा गर्छ, त्यो हत्यारा हो; अनि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन भन्‍ने तिमीहरू जान्दछौ।
Nepali ERV (पवित्र बाइबल)
हरेक मानिस जसले आफ्ना भाइलाई घृणा गर्छ उ हत्यारा हो। अनि तिमी जान्दछौ कि कुनै पनि हत्याराको उसमा अनन्त जीवन हुँदैन।
Nepali Tamang 2011
ह्राङला ज्‍योज्‍यो आले नाना आङागदेदा हेला लबा म्‍हि चा ज्‍यानमारा हिन्‍ना। थेह्रङ्बा म्‍हिला लागिरी जुकजुकधोनाला जुनी आरे भिबा ताम एनीगदेदा थानोन मुला।