1 John 3:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
संसारको धन-सम्पत्ति हुनेले आफ्नो भाइको खाँचो देखेर पनि मन कठोर पार्छ भने कसरी त्यस्तो मानिसले परमेश्वरलाई प्रेम गर्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैसित संसारको धन-सम्पत्ति छ, र पनि आफ्ना दाजुभाइलाई खाँचोमा परेको देख्दा उनीहरूप्रति आफ्नो मन कठोर पार्छ भने, परमेश्वरको प्रेमले कसरी त्यसमा वास गर्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कसैसँग भौतिक धनसम्पत्ति छ, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खाँचोमा परेको देख्छ; तर पनि त्यसप्रति दया देखाउँदैन भने त्यसले कसरी परमेश्वरको प्रेम त्यससँग रहेको दाबी गर्न सक्छ र?
Nepali ERV (पवित्र बाइबल)
कसैसित संसारको धन-सम्पत्ति छ र पनि आफ्ना दाज्यू-भाइलाई खाँचोमा परेको देख्दा उनिहरुप्रति आफ्नो मन कठोर पार्छ भने परमेश्वरको प्रेमले कसरी त्यसमा वास गर्छ?
Nepali Tamang 2011
तर जुन म्हिदेन छ्याम जम्बुलिङला धन सम्पत्ति मुला, थेसे ह्राङला ज्योज्यो आले नाना आङागदेदा खाँचो तबा म्राङ्सीनोन आपिन्नी भिसम थेह्रङ्बा म्हिदेन छ्याम खाह्रङ् लसी परमेश्वरला माया तला?