1 John 3:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्यारा मित्र हो, अहिलेचाहिँ हामी परमेश्वरका सन्तान नै हौं। तर पछि हामी के हुने हौं, हामीलाई थाहा दिइएको छैन। तर ख्रीष्ट आउनुभएपछि हामी पनि उहाँजस्तै हुनेछौं किनभने उहाँ जस्तो हुनुहुन्छ, हामीले त्यस्तै नै उहाँलाई देख्नेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रिय हो, अहिले हामी परमेश्वरका सन्तान हौं, र हामी के होऔंला, सो अहिलेसम्म प्रकट भएको छैन। यति जान्दछौं, कि जब उहाँ प्रकट हुनुहुन्छ, तब हामी उहाँजस्तै हुनेछौं। किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रिय मित्रहरू हो, अहिले हामी परमेश्वरका सन्तान हौँ, र हामी के हुनेछौँ, त्यो अहिलेसम्म प्रकट गरिएको छैन; तर हामी यो जान्दछौँ, ख्रीष्ट प्रकट हुनुहुँदा हामी उहाँजस्तै हुनेछौँ; किनकि उहाँजस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै नै देख्नेछौँ।
Nepali ERV (पवित्र बाइबल)
प्रिय मित्रहरु, अब हामी परमेश्वरका बालकहरु हौं। हामीलाई अझ यो देखाइएको छैन कि भविष्यमा हामी के हुनेछौं। हामी जान्दछौ कि जति बेला ख्रीष्ट आउँनु हुन्छ हामी उहाँ जस्तै हुनेछौं किनभने हामी उहाँको वास्तविक रुप देख्नेछौं।
Nepali Tamang 2011
ङाला सेम निबा ह्रोगदे, दान्दे चा य्हाङ परमेश्वरलान सन्तान हिन्ना। तर लिच्छा चा तिग तला थे ताम य्हाङदा उन्बा आरे। तर ख्रीष्ट दोःसी फेप्खबा धुइरी य्हाङएनोन ख्रीष्ट ह्रङ्बान दोला। तिग्दा भिसम थे धुइरी य्हाङसे ख्रीष्ट खाह्रङ्बा मुला थेह्रङ्बान म्राङ्ला भिबा ताम य्हाङदा था मुला।