1 John 3:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरका आज्ञाहरू मान्ने मानिस परमेश्वरमा नै रहन्छ र उसमा परमेश्वर रहनुहुन्छ। यसरी परमेश्वर हामीमा रहनुहुन्छ भन्ने कुरा उहाँले दिनुभएको आत्माबाट नै हामी थाहा पाउँछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँका आज्ञा पालन गर्नेहरू सबै उहाँमा रहन्छन्, र उहाँ तिनीहरूमा रहनुहुन्छ। उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा हामी जान्दछौं, कि उहाँ हामीमा वास गर्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले उहाँका आज्ञाहरू पालन गर्छन्, तिनीहरू उहाँमा रहन्छन्, र उहाँ तिनीहरूमा। उहाँ हामीमा रहनुहुन्छ भन्ने कुरा उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा हामी जान्दछौँ।
Nepali ERV (पवित्र बाइबल)
मानिस जसले परमेश्वरका आदेशहरु पालन गर्छ उ परमेश्वरमा जीवित रहन्छ। अनि परमेश्वर उसमा बस्नुहुन्छ। परमेश्वर हामीमा हुनुहुन्छ भन्ने हामी कसरी जान्दछौ? हामी आत्माको कारणले जान्दछौं जोे परमेश्वरले हामीलाई प्रदान गर्नु भएको छ।
Nepali Tamang 2011
परमेश्वरसे कुल्बा ताम ङ्यान्बा म्हिगदे परमेश्वरदेन छ्याम तला, ओच्छे थेनीगदेदेन छ्यामएनोन परमेश्वर तला। परमेश्वर य्हाङदेन छ्याम तला भिबा ताम चा य्हाङदेन छ्याम मुबा परमेश्वरला आत्माग्यामसेन य्हाङसे था याङ्बा मुला।