1 John 4:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी हामी परमेश्‍वरमा रहन्‍छौं र उहाँ पनि हामीमा रहनुहुन्‍छ भन्‍ने थाहा हुन्‍छ किनभने उहाँले हामीलाई आफ्‍नो पवित्र आत्‍मा दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले हामीलाई आफ्‍ना आत्‍माबाट दिनुभएको हुनाले हामी यो जान्‍दछौं कि हामी उहाँमा रहन्‍छौं र उहाँ हामीमा रहनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी उहाँमा जिउँछौँ, र उहाँ हामीमा जिउनुहुन्छ भनी हामी जान्दछौँ; किनकि उहाँले हामीलाई आफ्नो पवित्र आत्मा दिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
हामीलाई थाहा छ कि हामी परमेश्वरमा रहन्छौ अनि परमेश्वर हामीमा रहनु हुन्छ। हामी यो जान्दछौं किनभने परमेश्वरले हामीलाई उहाँको आत्मा प्रदान गर्नु भएको छ।
Nepali Tamang 2011
चुह्रङ् लसी य्‍हाङदा परमेश्‍वरसे ह्राङलान आत्‍मा पिन्‍बा मुला। थेतबासेलमा य्‍हाङ परमेश्‍वरदेन छ्‌याम, ओच्‍छे परमेश्‍वर य्‍हाङदेन छ्‌याम मुला भिबा ताम य्‍हाङदा था मुला।