1 John 4:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी नै हामीमा सिद्ध प्रेम भएको हुन्‍छ र न्‍यायको दिनमा हामी डराउनुपर्दैन किनभने ख्रीष्‍टजस्‍तो हुनुहुन्‍छ, हामी पनि यस संसारमा त्‍यस्‍तै छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
न्‍यायको दिनको निम्‍ति हामी पूर्ण भरोसासाथ बस्‍न सकौं भनेर प्रेम यसैमा हामीमा सिद्ध भएको हुन्‍छ। किनकि उहाँ जस्‍तो हुनुहुन्‍छ हामी पनि यस संसारमा त्‍यस्‍तै छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी न्यायको दिनमा हामीमा निर्भयता होस् भनेर प्रेम हाम्रो बीचमा सिद्ध भएको छ; किनकि येशू जस्तो हुनुहुन्छ, हामी पनि यस संसारमा त्यस्तै जिउँछौँ।
Nepali ERV (पवित्र बाइबल)
यदि हामीमा परमेश्वरको परिपक्क प्रेम भए तब त्यो दिन जब उनी जाँचकोलागि आउनु हुन्छ हामीमा डर रहने छैन कारण यो संसारमा उहाँ हामी जस्तै हुनुहुन्छ।
Nepali Tamang 2011
परमेश्‍वरसे निसाफ लबा धुइरी य्‍हाङ ढुक्‍क तसी चिबाला लागिरी य्‍हाङसे स्‍य्‍हान्‍दोदा लबा मायाएनोन परमेश्‍वरसे लबा माया ह्रङ्‌बान स्‍होबा मुला। तिग्‍दा भिसम ख्रीष्‍ट जस्‍तो मुला य्‍हाङएनोन चु जम्‍बुलिङरी थे ह्रङ्‌बान दोबा मुला।