1 John 4:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले परमेश्‍वरलाई प्रेम गर्छु भन्‍छ र आफ्‍नो भाइलाई हेला गर्छ भने त्‍यो झूटो हो। आफूले देखेको भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्‍वरलाई कसरी प्रेम गर्न सक्‍छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्‍छ, तर आफ्‍नो भाइलाई घृणा गर्छ भने त्‍यो झूटो हो, किनकि आफूले देखेको आफ्‍नो भाइलाई नै प्रेम नगर्नेले नदेखेका परमेश्‍वरलाई प्रेम गर्न सक्‍दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्छ, तापनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई चाहिँ घृणा गर्छ भने त्यो झूटो हो; किनकि जसले आफूले देखेका दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्दैन, त्यसले आफूले नदेखेको परमेश्‍वरलाई प्रेम गर्न सक्दैन।
Nepali ERV (पवित्र बाइबल)
यदि कसैले भन्छ “म परमेश्वरलाई प्रेम गर्छु” तर आफ्ना भाइ अथवा बहिनीहरुलाई घृणा गर्छ भने त्यो मानिस झूटो हो। यदि आफ्नो भाइ अथवा बहिनी जसलाई उसले देख्न सक्छ, उसले प्रेम गर्न सक्तैन भने परमेश्वर जसलाई उसले कहिल्यै देखेकै छैन, कसरी प्रेम गर्न सक्छ?
Nepali Tamang 2011
चुदे खालै म्‍हिसे “ङाइ परमेश्‍वरदा माया लमुला” भिसी पाङ्सी भ्रला, तर ह्राङला ज्‍योज्‍यो आले नाना आङादा चा हेला लमुला भिसम थे फट्टा हिन्‍ना। तिग्‍दा भिसम ह्राङला मीसे म्राङ्बा ज्‍योज्‍यो आले नाना आङादा मी माया लबारी आखम्‍बासे आम्राङ्बा परमेश्‍वरदा माया लबारी आखम।